२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सले सानदार सुरुवात गर्दा सुदूरपश्चिम रोयल्सले लज्जास्पद पराजय व्यहोरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।
रोयल्सले दिएको ८८ रनको झिनो लक्ष्य लायन्सले ९.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी शर्टले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij