२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जना बालविकास सहयोगी कार्यकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कैलालीको बर्दगोरिया गाउँपालिका-४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौरा विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले राष्ट्रसेवक पद बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) को लागि श्री मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भनी एसएलसी मार्कसिट र क्यारेक्टर सर्टिफिकेट सहितको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओहदा, लाभ, सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij