२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै ठाउँमा मृत भेटिएका हुन्। मृतक बालिकाहरू आपसमा मामा-फुपूका छोरी (दिदी-बहिनी) रहेको प्रहरीले जनाएको छ।
आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।
घटनाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट खटिएको टोलीले घटना स्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij