Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह


  • 288
    Shares

    साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह
    images

    काठमाडौं । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 

    दूतावासले एक विशेष सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको हो ।

    दूतावासले जारी गरेको ५ बुँदे अनुरोधपत्रमा साउदी अरेबियाका आधिकारिक निकायहरुबाट जारी हुने सुरक्षा निर्देशनहरुको पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कता सम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

    दूतावासले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन नेपालीहरूलाई सचेत गराएको छ । साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियोहरू अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न कडा निर्देशन दिइएको छ ।

    हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई पनि दूतावासले सावधानी अपनाउन भनेको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य कुनै देशको हवाई यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान सुझाइएको छ ।

    सुरक्षा अवस्था वा अन्य कुनै कारणले आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

    866884806_1378445374364069_3895457476736112676_n_kCsimd0piW.webp

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १२:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij