२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौ । भारतको असम राज्यस्थित गुवाहाटीको लाचित नगरमा रहेको होटल बिलास इनमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
राति करिब ९ बजे भएको घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा दुई महिलासहित होटलका एक कर्मचारी घाइते भएका छन्।
असम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोली चलाउन लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोल प्रयोग गरिएको थियो, जुन घटनास्थलबाट बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा होटलको लिजसम्बन्धी विवाद घटनाको कारण रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij