Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

आज (मंगलबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (मंगलबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 498
    Shares

    आज (मंगलबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    काठमाडौं । वि.सं.२०८३ साल कार्तिक १० गते । मंगलबार । ईश्वी सन् २०२६ अक्टोबर २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा, बिहान ८ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी, बेलुकी ६ बजेर २० मिनेट उप्रान्त कृतिका ।

    योग–सिद्धि, दिउसो २ बजेर ६ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव, बिहान ८ बजेर २४ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५७ पला ।

    आजको बार बेला 
    बिहान ६ बजेर ११ मिनेटसम्म रोग बेला ।
    बिहान ६ बजेर १२ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
    बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म चर बेला ।
    बिहान ९ बजेर ० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म काल बेला ।
    दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
    दिउसो २ बजेर ३६ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म रोग बेला ।
    बेलुकी ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म काल बेला ।
    नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल
    दिउसो २ बजेर ३४ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ ।
    नोट स् राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त
    बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ५ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    दिन अलि नराम्रो भएकाले काम गर्दा सचेत रहनुपर्नेछ। मन अशान्त बन्ने छ। अरुसँग विवाद नगर्नु राम्रो हुन्छ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    शुभ दिन छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने छ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दिन राम्रो छ। आफूले गरेको कामले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइने छ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुन्छ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्छ। साँझमा तनाव बढेको महसुस होला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    धार्मिक कार्यबाट दिनको सुरुवातमा गरेका कामले सार्थकता पाउने छ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। साथीको साथ मिल्नेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    दिन राम्रो रहनेछ। व्यापारमा फाइदा हुनेछ। सन्तानबाट खुसी मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला। सोचेको काम बन्दा मन खुशी हुनेछ । साथीसँग भने जोगिएर काम गर्नु उचित हुन्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दिन सामान्य छ । अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने छ। व्यार्थको कार्यमा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर शिवजीलाई सम्झिएमा दिन सहज बन्ने छ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    लामो दूरीको यात्रा तय हुनेछ। आफूले गरेको काममा सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    मन अशान्त बन्नेछ। आफ्नै काममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्ने छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधारका लागि  खानपानमा ध्यान दिनुपर्ने दिन छ ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - ०७:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij