२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३ हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij