२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा ३४ वर्षीय बिकी लामा, ३९ वर्षीय नुवाङ शेर्पा, ३९ वर्षीय पासाङ शेर्पा, ३२ वर्षीया ज्योति मगर, ३५ वर्षीय नारायण खत्री, ४ वर्षीय दिल लामा, ४४ वर्षीय अशोक लामा, ३२ वर्षीय सञ्जय तामाङ, ४० वर्षीय आशिष खड्का, ४९ वर्षीय सविनमान श्रेष्ठ र ३० वर्षीय सुदीप अधिकारी छन् ।
उनीहरूलाई परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरूबाट १० लाख ८५ हजार ६ सय नगद, र केही क्वाइन बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट २ दिनको म्याद थप भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij