२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतका सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगको सिफारिसपछि अब उनीहरूको बढुवा तथा पदस्थापनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा रजिष्ट्रार पद महत्वपूर्ण मानिन्छ ।
न्याय सेवा आयोगले न्याय सेवासँग सम्बन्धित विभिन्न पदमा नियुक्ति, बढुवा तथा सिफारिस गर्ने संवैधानिक जिम्मेवारी निर्वाह गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij