२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चार वर्षीय आयान्स कुमार यादव रहेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार बालक मंगलबार बिहान आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij