Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


  • 974
    Shares

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
    images

    काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । संसद्लाई प्रविधिमैत्री बनाउने र सांसदहरूले उठाएका जनसरोकारका विषयको सुनुवाइलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् । 

    सिंहदरबारस्थित कार्यव्यवस्था हलमा दिउँसो १२ बजे बस्ने बैठकमा मुख्य गरी डिजिटल संसद्को अवधारणाबारे छलफल हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    संसद्को शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरोकारका विषयलाई अब डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ । यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, कार्यप्रगति कस्तो छ र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ । 

    आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् बैठकका लागि परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ ।

    आजको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १०:१९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij