Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

प्रधानमन्त्री बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा पालिका अध्यक्ष तामाङ पक्राउ

प्रधानमन्त्री बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा पालिका अध्यक्ष तामाङ पक्राउ


  • 1.4K
    Shares

    प्रधानमन्त्री बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा पालिका अध्यक्ष तामाङ पक्राउ
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट एकजना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।

    नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

    छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

    “बैंकिङ कसुर मुद्दा अदालतमा दायर भइसकेको, अदालतमा जानुपर्थ्यो, गएको रहेनछन् । हामीले अदालतमा उपस्थित हुन पठाइदिएका छौँ,” काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

    नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका-१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - १७:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij