Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व संङ्कलन


  • 1.3K
    Shares

    ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व संङ्कलन
    images

    हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिए ।

    उनका अनुसार कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ४१४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।

    पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ सवारी दुर्घटना भएका थिए । पहिलो छ महिनामा ३५ र पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ । प्रमुख विष्टले कारबाही मात्रै गरेर सवारी दुर्घटना नियन्त्रण गर्न नसकिने भन्दै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको चेतना र जिम्मेवारी आवश्यक रहेको बताए ।

    “कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्‍यो”, उनले भने, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।” गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - १२:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij