Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

आज यी ११ जिल्लामा भारी वर्षा हुने

आज यी ११ जिल्लामा भारी वर्षा हुने


  • 1.3K
    Shares

    आज यी ११ जिल्लामा भारी वर्षा हुने
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका केही ठाउँमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौं लगायत धेरै ठाउँमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार लमजुङको फलेनीमा ११६.२ मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

    यस्तै, कास्कीको याङ्जाकोटमा ९३.२ र सिकलेसमा ८३.४, सिन्धुपाल्चोकको ढुंगे र काठमाडौंको सुन्दरीजल स्टेशनमा ८९.६/८९.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ५० मिलिमिटर भन्दा धेरै अर्थात भारी वर्षा हुने जिल्लाहरू धेरै रहेका छन् । स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ ।

    २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

    आज पनि देशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०८३ सोमवार - ०८:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij