Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा


  • 960
    Shares

    राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनितिक दल सरकारसँगै रहेको बताएका छन् । बिहीवार बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताएका छन्।

    उनले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्ने बताएका छन् । हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पु¥याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाई छ । बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनितिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताएका छन्।

    उनले सबै राजनितिक दलहरुलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गरेका छन् । उनले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिएका छन् । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उनको भनाई छ । उनले सबै सहयोगीहरुलाई राज्यले तोकेअनुसार एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न पनि आग्रह गरेका छन् । 

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij