Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन्छ : एमाले

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन्छ : एमाले


  • 7.9K
    Shares

    नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन्छ : एमाले

    काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ ।

    शनिबार प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको उल्लेख गरेका छन् ।

    ज्ञवालीले प्रधानमन्त्रीको हत्याका लागि आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक भएको जनाएका छन् । यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने एमालेको ठहर छ ।

    विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’ एमालेले कांग्रेसको समेत गम्भीर ध्यानाकर्षण गराएको छ । 

     

    प्रकाशित मिति :जेठ २९ २०७८ शनिवार - ११:२५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij