Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

रसुवा–नुवाकोटमा खोज तथा उद्धारका लागि सशस्त्रको विशेष सीएसएसआर टोली परिचालन

रसुवा–नुवाकोटमा खोज तथा उद्धारका लागि सशस्त्रको विशेष सीएसएसआर टोली परिचालन


  • 918
    Shares

    रसुवा–नुवाकोटमा खोज तथा उद्धारका लागि सशस्त्रको विशेष सीएसएसआर टोली परिचालन
    images

    काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ । भत्किएका संरचना खोजी तथा उद्धारको तालिम लिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्छन् ।

    हाइड्रोपावरमा फसेकाहरू र नदी तटका संरचनामा फसेकाहरूको उद्धारको लागी सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् । गएराति नै काठमाडौंबाट हिँडेको एउटा टोलीले अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीहरूमा खोजी कार्य सुरु गरेको छ ।

    सशस्त्रले भत्किएका संरचना खोजी तथा उद्धारको तालिम ४ वटा टोली खटाएको छ । एउटा टोली हेलिकप्टरमार्फत रसुवा पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्डबाई राखिएको डीआईजी कार्कीले बताएका छन् ।  

    सीएसएआर टिम १ हजार ५ सय परिचालन गरिएको छ । उद्धार र खोजीमा गोताखोर पनि परिचालन गरिएको छ । भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटमा मानवीय क्षति गरेसँगै सशस्त्रले प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरेर खोज तथा उद्धारको काम गरिरहेको छ ।

    खोज तथा उद्धारमा समन्वय गर्न सशस्त्रको नम्बर–३ बाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट गएका छन् । खोज तथा उद्धारका लागि सशस्त्रले धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस बनाएर काम गरिरहेको छ ।

    सशस्त्रले अहिलेसम्म १२ ठाउँबाट ९८ वटा शव सङ्कलन गरेको छ । अहिलेसम्म ३० जना घाइते सहित ७३ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।   

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १०:४९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij