Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

रसुवा बाढीका १३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइयो (नामसहित)

रसुवा बाढीका १३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइयो (नामसहित)


  • 2.8K
    Shares

    रसुवा बाढीका १३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइयो  (नामसहित)
    images

    काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

    बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएका उनीहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा लगेर उपचार सुरु गरिएको छ।

    उद्धार गरिएका १३ जना घाइतेको अवस्था तथा उनीहरूलाई उपचारका लागि कुन–कुन अस्पतालमा लगिएको भन्ने विवरण सम्बन्धित निकायबाट संकलन भइरहेको छ।

    बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ। प्रभावित क्षेत्रमा फसेका तथा घाइते भएका अन्य व्यक्तिको खोजी गरी आवश्यकताअनुसार हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको छ।

    सरकार तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धारलाई प्राथमिकता दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका टोली परिचालन गरेका छन्।

    1-3.jpg

    २.jpg

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij