Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

बाढीको वितण्डा : १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडकमा क्षति

बाढीको वितण्डा : १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडकमा क्षति


  • 1.9K
    Shares

    बाढीको वितण्डा : १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडकमा क्षति
    images

    काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।  

    यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ ।

    सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ ।    

    विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ।  प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ । 

    भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने  देखिएको छ।

    सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।    

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij