Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

उद्धार प्रभावकारी बनाउन विमानस्थल पुगे गृहमन्त्री गुरुङ

उद्धार प्रभावकारी बनाउन विमानस्थल पुगे गृहमन्त्री गुरुङ


  • 1.3K
    Shares

    उद्धार प्रभावकारी बनाउन विमानस्थल पुगे गृहमन्त्री गुरुङ
    images

    काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा भएको क्षतिको खोज र उद्धार प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन् । 

    चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बस्तीमा ठुलो क्षति पुगेको छ । खोज तथा उद्धारका लागी सो रसुवा र नुवाकोटको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    खोज तथा उद्धार प्रभावकारी बनाउन मन्त्री गुरुङ विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । उद्धार र खोजका लागी सो क्षेत्रमा १२ वटा हेलिकप्टर परिचालन गरिएको छ । 

    खोज तथा उद्धारमा प्रभावकारी परिचालनका लागी गुरुङ विमानस्थल पुगेका हुन् । उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ । 

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij