२०८३ आश्विन ३० गते शुक्रवार
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ९ जना सशस्त्र प्रहरीसँग सम्पर्क हुन नसकेको हो।
उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको थापाले जानकारी दिए।
रसुवाको भोटेकोसीमा एक्कासि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
सम्पर्कविहीन सशस्त्र प्रहरीको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी खोजी तथा उद्धारको काम भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij