Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत


  • 1.1K
    Shares

    खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
    images

    काठमाडौं । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

    यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। 

    सोमबारको बैठकमा सभामुख अर्यालले सोही प्रस्तावलाई पुनः प्रस्तुत गर्दै सदस्यहरूको राय मागेका थिए। सभामुखले हुन्छ वा हुन्न भनी ध्वनी मतका लागि आह्वान गर्दा प्रस्तावको पक्षमा बहुमत सदस्यहरूले हुन्छ भनी समर्थन जनाएका थिए।

    प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि दफावार छलफल र संशोधनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ।

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १६:१७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij