Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते


  • 1.1K
    Shares

    काभ्रेको खानीखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
    images

    काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

    पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो। 

    दुर्घटनामा बोलेरोमा सवार हाल नाम, थर नखुलेका दुई जनाको घटनास्थलमै ज्यान गएको छ। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको छ।   

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १३:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij