Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

मुख्यमन्त्री भट्टको मन्त्रिपरिषद् विस्तार, एमालेका ४ मन्त्री नियुक्त

मुख्यमन्त्री भट्टको मन्त्रिपरिषद् विस्तार, एमालेका ४ मन्त्री नियुक्त


  • 477
    Shares

    मुख्यमन्त्री भट्टको मन्त्रिपरिषद् विस्तार, एमालेका ४ मन्त्री नियुक्त
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।

    सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका हुन् ।

    मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा संसदीय दलका नेता हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् । 

    यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १७:१०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij