Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जना कारागार चलान

मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जना कारागार चलान


  • 1.3K
    Shares

    मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जना कारागार चलान
    images

    काठमाडौं । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

    ठगी  र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

    बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

    इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो ।

    दुईदिनसम्म मिटरब्याज पीडितहरू तथा पक्राउ परेकापक्षका माननिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । 

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १४:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij