Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

सभामुख अर्याल र आईजीपी कार्कीबीच भेटवार्ता तय

सभामुख अर्याल र आईजीपी कार्कीबीच भेटवार्ता तय


  • 603
    Shares

    सभामुख अर्याल र  आईजीपी कार्कीबीच भेटवार्ता तय
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । 

    भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।

    गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो ।

    छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल उपस्थित थिए ।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १४:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij