Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो


  • 421
    Shares

    बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो
    images

    काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो ।

    बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए । पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।

    पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताउनुभयो । पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १४:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij