Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

नाट्टाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीन प्यानलबीच प्रतिस्पर्धा

नाट्टाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीन प्यानलबीच प्रतिस्पर्धा


  • 526
    Shares

    नाट्टाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै,  तीन प्यानलबीच प्रतिस्पर्धा
    images

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

    काठमाडौंस्थित सोल्टी होटलमा अधिवेशन आयोजना गरिएको छ । उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ ।

    नयाँ कार्यसमितिका लागि यसपटक तीनवटा प्यानल चुनावी मैदानमा छन् । भरतजंग पाण्डे, जिश्वा तुलाधर श्रेष्ठ र युविका भण्डारीको नेतृत्वमा छुट्टाछुट्टै प्यानलले उम्मेदवारी दिएका छन् ।

    कोभिड–१९ महामारी र पछिल्लो आर्थिक चुनौतीपछि पुनः लयमा फर्किन संघर्ष गरिरहेको पर्यटन क्षेत्रलाई नयाँ दिशा दिने विषय निर्वाचनका प्रमुख एजेन्डा बनेका छन् ।

    भरतजंग पाण्डे नेतृत्वको प्यानलले ‘सशक्त नाट्टा, समृद्ध पर्यटनः सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारासहित संस्थागत सुधार, सदस्यको हित र परम्परागत गुटबन्दी अन्त्यलाई मुख्य मुद्दा बनाएको छ ।

    त्यस्तै, जिश्वा तुलाधर श्रेष्ठ नेतृत्वको प्यानलले नाट्टालाई प्रविधिमैत्री, स्मार्ट र सुरक्षित संस्था बनाउने एजेन्डा अघि सारेको छ । डिजिटल रूपान्तरण र आधुनिक पर्यटन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

    यता युविका भण्डारी नेतृत्वको प्यानलले ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारासहित पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र साना व्यवसायीका लागि राहत योजनालाई चुनावी मुद्दा बनाएको छ ।

    तीनवटै प्यानलमा अनुभवी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ । महिला नेतृत्व रहेका दुई प्यानलका कारण पनि यसपटकको निर्वाचन थप रोचक बनेको छ ।

    नाट्टाको नयाँ नेतृत्वका लागि हुने त्रिकोणात्मक प्रतिस्पर्धालाई संस्थाको पुरानो कार्यशैली र नयाँ सोचबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - ११:११:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij