Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी, आजै शपथको तयारी

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी, आजै शपथको तयारी


  • 330
    Shares

    सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी, आजै शपथको तयारी
    images

    काठमाडौं । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए । 

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।

    सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिएका छन् । 

    साउन ९ गते एमाले र नेकपाबिच भएको तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार सुदूरपश्चिम नेकपाको भागम परेको थियो । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल रहेको छ । एमालेको ११ सिट रहेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १०:४८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij