Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाँदै

रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाँदै


  • 939
    Shares

    रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाँदै
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने अगस्ट २३ देखि ३० सम्म आठ दिने चीन भ्रमणमा जान लागेका हुन्।

    लामिछानेले भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनको पहिलो भेट सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ।

    भ्रमणका क्रममा लामिछानेको चिनियाँ उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता तय भएको जनाइएको छ। तर चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने भेट हुने सम्भावना नरहेको बताइएको छ।

    लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन जानेछ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि सहभागी हुने जनाइएको छ। बेइजिङ भ्रमणपछि टोली तिब्बतको कैलाश मानसरोवरसम्म जाने कार्यक्रम रहेको छ।

    यसअघि रास्वपा सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमण गरेका थिए। भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गरेका थिए।

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १०:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij