Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छ : बाबुराम भट्टराई

ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छ : बाबुराम भट्टराई


  • 5.0K
    Shares

    ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छ : बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउने सम्भावना औंल्याएका छन् ।

    कुनै पनि संकटले नयाँ सम्भावना पनि ल्याउने उल्लेख गर्दै डा. भट्टराईले अहिले जारी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण निर्माण गर्न सक्ने बताएका हुन् ।

    तर एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट भन्ने शब्दावालीकै बदनाम गराइसकेकाले फेरि अर्को ‘असली’ कम्युनिस्टकै कुरा गर्नुचाहिँ व्यर्थ हुने उनको टिप्पणी छ ।

    यस्तो छ, डा. भट्टराईको भनाइ :
    भनिन्छ, कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिस्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुन सक्छ । सबैले नयाँ ढंगले सोचौं ।

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - ११:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij