२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता जोगिएको छ। मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा नेपाल पक्षका १७ सांसदले उनलाई मत दिए।
भट्टले ३० मत पाए । २७ मत पाउँदा पनि उनको सत्ता जोगिने स्थिति थियो। नेपाली कांग्रेसले नेपाल पक्षले मत नदिए आफूले दिने निर्णय गरेको थियो । तर, नेपाल पक्षले मत दिने भएपछि कांग्रेस तटस्थ बसेको थियो।
५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित भएका थिए।
एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन निर्णय गर्दै प्रदेश संसदीय दललाई पत्राचार गरेको थियो। तर, मंगलबार बसेको संसदीय दलको बैठकले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। प्रदेश सभामा नेपाल पक्षको बहुमत छ।
एमाले २७ सांसदमध्ये नेपाल पक्षका १८ जना छन्। तीमध्ये १७ जनाले भट्टलाई विश्वासको मत दिए। यी हुन् भट्टलाई मत दिने एमालेका १७ सांसदहरू :
१) अमरबहादुर साउद
२) अर्चना गहतराज
३) कुलवीर चौधरी
४) कृष्णराज सुवेदी
५) चुनकुमारी चौधरी
६) तारा लामा तामाङ
७) दीर्घ सोडारी
८) दुर्गाकुमारी कामी
९) पूर्णा जोशी
१०) प्रकाशबहादुर शाह
११) प्रकाश रावल
१२) बलबहादुर सोडारी
१३) मनाकुमारी साउद
१४) माया भट्ट
१५) लालबहादुर खड्का
१६) सुशीला बुढाथोकी
१७) हर्कबहादुर कुँवर
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij