२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले एकताका लागि राखिएको जेठ २ को अध्याय सकिएको बताएका छन् । उनले अब माधव नेपालका सर्त स्वीकारेर एकता असम्भव भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार राख्दै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले भनेका छन्, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधव कुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन ।’
साथै उनले नेता नेपालले राखेका सर्तमा नेपाल गुटसँग नभई बरु कांग्रेससँग एकता हुनसक्ने बताएका छन् । उनले माधव नेपाललाई बालुवाको संज्ञा दिँदै तेल निकाल्न बालुवासँग नभई तोरीको तेल पेल्नुपर्ने बताएका छन् ।
उनले अघि भनेका छन्, ‘यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्छ ।’ थापाले अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गर्नुंपर्ने तर अनावश्यक सर्त राखेर निहुँ खोज्नेलाई असम्भव कोशिस गर्न नहुने उल्लेख गरेका छन् ।
थापाले भनेका छन्, ‘तेल ल्याङल्याङ अतिभयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई असम्भव कोशिस गरौं, असम्भभव कोशिस छोडौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij