Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माधव नेपालको सर्त स्वीकारेर पार्टी एकता हुँदैन : सूर्य थापा

माधव नेपालको सर्त स्वीकारेर पार्टी एकता हुँदैन : सूर्य थापा


  • 7.4K
    Shares

    माधव नेपालको सर्त स्वीकारेर पार्टी एकता हुँदैन : सूर्य थापा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता हुने सम्भावना सकिएको बताएका छन् ।

    अध्यक्ष ओलीले पार्टीमा एकताका लागि राखेको ६ बुँदे प्रस्तावको जवाफ दिँदै नेता नेपालले सोमबार विभिन्न सर्त तेर्स्याएका छन् ।

    त्यसको भोलिपल्ट मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ती सर्त स्वीकार गर्न नसकिने बताएका हुन् । त्यस आधारमा त बरु नेपाली कांग्रेससँग एकता हुन सक्ने माधव नेपाल समूहसँग हुन नसक्ने टिप्पणी उनले गरेका छन् ।

    ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधव कु. नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला,’ प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयो! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौं ।’

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - ११:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij