२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुनेछ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij