Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना

एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना


  • 1.0K
    Shares

    एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
    images

    काठमाडौं । नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको न्यायोचित माग सम्बोधन गराउन दबाब दिने उद्देश्य स्वरूप पीडित चिकित्सकहरूले आज बुधबार चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।

    सरकारद्वारा गठित कार्यदलले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा एकरूपता ल्याउन प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गरिसकेको भएता पनि निर्णय कार्यान्वयन नभएको भन्दै धर्ना दिएका हुन् ।

    चिकित्सा शिक्षा आयोगबाट हालसम्म कुनै ठोस निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि नबढेको भन्दै एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान नेपालले शान्तिपूर्ण धर्ना दिएको अभियानका संयोजक डिल्ली हरिजनले जानकारी दिएका छन् । 

    यसैबिच, हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १५:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij