Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

झलनाथ खनालको प्रस्तावः बुढाखाडाको सनकमा पार्टी नचलाऊँ, कार्यकारी पद नयाँ पुस्तालाई दिऊँ

झलनाथ खनालको प्रस्तावः बुढाखाडाको सनकमा पार्टी नचलाऊँ, कार्यकारी पद नयाँ पुस्तालाई दिऊँ


  • 5.7K
    Shares

    झलनाथ खनालको प्रस्तावः बुढाखाडाको सनकमा पार्टी नचलाऊँ, कार्यकारी पद नयाँ पुस्तालाई दिऊँ

    नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको कार्यकारी पद नयाँ पुस्तालाई जिम्मा दिने प्रस्ताव गरेका छन्। ७० वर्ष पुगेका नेताहरु कार्यकारी जिम्मेवारीबाट हट्नु उपयुक्त हुने उनको भनाइ छ।

    ‘अब ७० वर्ष पुगेका नेताहरु सल्लाहकार बनौँ। अनुभवहरुका बारेमा लेखौँ। के के अनुभव छ, अरुलाई दिऊँ। अब नेतृत्व गर्ने जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गरौँ। सत्तरी वर्ष पुगेपछि कार्यकारी पदबाट बाहिरिनु पर्छ भन्ने नीति हो,’ खनालले भने, ‘त्यसलाई अब कार्यान्वयन गरेर जानुपर्छ।’

    खनालकै नेतृत्वमा बुटबलमा २०६५ मा भएको नवौँ महाधिवेशनले पार्टीको कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहने नीति पारित गरेको थियो। त्यसैगरी २०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनले ७० वर्षपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकास लिनुपर्ने नीति अवलम्बन गरेको थियो।

    ‘सक्रिय राजनीति र निष्क्रिय राजनीतिमा कुनै प्रष्ट सीमा हुँदैन। राजनीतिक सक्रियता भन्ने त ब्रम्हनाल पुग्दासम्म पनि रहन्छ। तर कार्यकारी जिम्मेवारी भने बुढाखाडाले गरेर हुँदैन। एउटा बालुवाटारमा बसेर बदमासी गरिरहन्छ। अन्य बुढाखाडा अर्को कोठामा बसेर त्यसविरुद्ध जान्छन्। त्यो ढंगले पार्टी हाँकिँदैन,’ खनालले भने, ‘बुढो हुँदै गएपछि सनक चढ्छ, त्यो सनकको आधारमा काम गर्न थाल्छन्। त्यस्तो हुनु हुँदैन। कम्युनिस्ट आन्दोलन एउटा बृहत् आन्दोलन हो। यसलाई त्यस ढंगले पनि सोच्नु पर्छ। अघि बढाउनु पर्छ।’

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - ०५:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij