Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

बेलायतबाट २६० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो, राजदूतले दिइन् थप सहयोगको प्रतिवद्धता

बेलायतबाट २६० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो, राजदूतले दिइन् थप सहयोगको प्रतिवद्धता


  • 10.1K
    Shares

    बेलायतबाट २६० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो, राजदूतले दिइन् थप सहयोगको प्रतिवद्धता
    images

    काठमाडौं । बेलायतले नेपाललाई कोरोना भाइरसविरूद्ध प्रयोग गर्ने विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

    जहाजमा ल्याइएका सामग्री नेपालका लागि बेलायती राजदूत निकोला पोलिट स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दै बेलायतको तर्फबाट यस्तो सहयोग जारी रहने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

    त्रिपाठीले कोरोनाविरूद्धको नेपालीलाई सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिनुभएको छ ।

    बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर, १९ हजार २ सय आई प्रोटेक्टर छन् । सोही जहाजमा नेपाल मेड युकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको जनाइएको छ ।

    यसअघि, बेलायतमा सांसदहरुले पुरानो मित्र नेपाल कोरोना भाइरससँग संघर्षरत रहेकाले सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण नै गराएका थिए ।

     

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १७:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij