Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

सेयर कारोबारी दीपेन्द्र अग्रवाल चुनदेवीबाट पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल चुनदेवीबाट पक्राउ


  • 1.1K
    Shares

    सेयर कारोबारी दीपेन्द्र अग्रवाल चुनदेवीबाट पक्राउ
    images

    काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो।

    नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको छ।

    प्रहरीले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूरमा उनलाई पक्राउ परेको हो।

    मोरङका ४२ वर्षीय अग्रवाललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ। अग्रवाल यसअघि साउन ५ गते पनि पक्राउ परेर छुटेका थिए।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - २१:५६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij