Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

मौसम पूर्वानुमान

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम


  • 330
    Shares

    यस्तो रहनेछ आज दिनभरको मौसम
    images

    काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार, आइतबार (कात्तिक १) दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    देशको हिमाली भू–भाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी  प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८३ आइतवार - ०८:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij