Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

साइबर ब्युरोबाटै छुटे किशोर श्रेष्ठ

साइबर ब्युरोबाटै छुटे किशोर श्रेष्ठ


  • 302
    Shares

    साइबर ब्युरोबाटै छुटे किशोर श्रेष्ठ
    images

    काठमाडौं । शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही घण्टापछि रिहा भएका छन् ।

    जग्गा हडपेको सम्बन्धी समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो ।

    कलाकार समेत रहेका नेता पन्तसँग केही घन्टा छलफल गरेपछि उनलाई शनिबार साँझ रिहा गरिएको हो । दुबै पक्षबीच मिलापत्र भएपछि श्रेष्ठ रिहा भएका हुन् ।

    प्रकाशित मिति :कार्तिक १ २०८३ शनिवार - २०:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij