२०८३ कार्तिक १ गते शनिवार
१. हानि नोक्शानी कोषको आकस्मिक बैठक बोलाइयोः रसुवा बाढी मुख्य एजेण्डा
रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय तथा भौतिक सङ्कट सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि तथा नोक्शानी कोष’ (फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज) को सञ्चालक समितिको आकस्मिक बैठक आगामी कात्तिक ५ गते बस्ने भएको छ ।
२. हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो
हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो । गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैँ घरमा भित्र्याइन्छ ।
३. व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ । शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभएको हो ।
४. राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डो¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गर्नुभएको हो ।
५. मुस्ताङको भीरदेखि शहरको तराजुसम्मः दशैँका लागि राजधानी भित्रिएका खसी, बोका र च्याङ्ग्रा
नेपालीहरूको महान चाड बडादशैँ शुरु भएसँगै काठमाडौं उपत्यकाको माहोल भिन्नै बन्छ । शहरका विभिन्न बजारमा सामान किन्नेको भीड एकातिर छ भने अर्कोतिर टुकुचा, बल्खु, कलङ्की, सल्लाघारी र कोटेश्वरका खुला चउर अनि साँघुरा गल्लीहरूमा खसी, बोका र हिमाली च्याङ्ग्राको चहलपहल उत्कर्षमा पुग्छ । फलामे सिक्रीले झुन्ड्याइएको बलियो जालीदार खोरभित्र एउटा कालो खसी राखिएको छ ।
६. मिथिलाञ्चलका शक्तिपीठमा ‘खोइछ’ भर्ने लर्को ः सन्तानको दीर्घायु र सौभाग्यको कामना
जनकपुरधामसहित मिथिला क्षेत्रका प्रमुख शक्तिपीठहरूमा यतिबेला विवाहित महिलाहरूले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान शुरु गरेका छन् । दशैँको नवरात्र शुरु भएसँगै प्रसिद्ध राजदेवी मन्दिर लगायतका शक्तिपीठहरूमा परम्परागत विधिअनुसार खोइछ चढाउने श्रद्धालु महिलाहरूको उल्लेख्य भीड लागेको हो । मिथिला संस्कृतिमा विशेष महत्व राख्ने यो परम्पराअनुसार विवाहित महिलाहरूले धान, दुबो, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र दक्षिणासहितको पोको तयार पारेर भगवती दुर्गाको पोल्टामा अर्पण गर्छन् ।
७. नेपाली सेनाले ग¥यो फूलपाती बढाईं
नेपाली सेनाले फूलपाती बढाईं गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाईं गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाईं गर्दै आएको छ । फूलपाती बढाईं समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
८. नेपाली काँग्रेसका नवनिर्वाचित सभापति थापाद्वारा शपथ ग्रहण, जिम्मेवारी औपचारिक रूपमा शुरु
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रिय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
९.नेपाली काँग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा संकलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रिय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको हो ।
१०. निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बनेको नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालन
नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो ।
११. जनकपुरधामको राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामीसहित भित्र्याइयो फूलपातीः मिथिलामा ‘बेलतोडी’को रौनक
बडादशैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा आज मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी अर्पण गर्दै भव्य रूपमा फूलपाती प्रवेश गराएको हो । श्री महावीर युवा कमिटी तथा श्री राम युवा कमिटीको संयुक्त संयोजनमा आयोजित उक्त समारोहमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो ।
१२. चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन
धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वलाई भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिनुभयो ।
१३. क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छः सचिव पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभूवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन् । आइसिसीको नो अब्जक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी पनि बढेको उनको भनाइ छ । आइसिसीको स्वीकृति पाएसँगै फ्रन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूलो खेलाडी ल्याउन सक्ने क्यानका सचिव खड्काको विश्वास छ ।
१४. कोप–३१ मा हिमाल र समुद्रको सङ्कटलाई जोडेर एजेण्डा उठाउने नेपालको तयारी
नेपालले आगामी ३१ औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुन्द्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ । आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुन्द्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली (इकोलोजिकल सिस्टम) सँग जोडेर कूटनीतिक पैरवी गर्ने तयारी थालेको हो।
१५. कर्मचारीतन्त्रको झन्झट नहुने हो भने निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्छन्ः अध्यक्ष पाण्डे
नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न गर्नसक्ने दाबी गर्नुभएको छ । विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक प्रक्रियाको झन्झट नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न गरी जनजीवन सहज बनाइएको उदाहरण प्रश्तुत गर्दै उहाँले काम ढिला हुनुमा निर्माण व्यवसायी मात्र जिम्मेवार नरहेको स्पष्ट पार्नुभएको हो ।
१६. एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृतिः विदेशी खेलाडीलाई एनओसी अनिवार्य, कडा एन्टी–करप्सन नियम लागू हुने
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी–करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ । क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले आईसीसीको स्वीकृतिसँगै एनपीएलको गरिमा र विश्वसनियता अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनु भयो ।
१७. ‘काठमाडौंले वर्षभरि श्रम निचोर्छ तर जब असोजको बतास चल्छ–मनले केवल बाआमाको आँगन खोज्छ’
राजधानी रित्तिँदै गर्दा गोंगबु नयाँ बसपार्कमा उर्लिएको मानवीय सागर, काँधमा च्यापिएका भारी, काखमा दुधे शिशु बोकेका आमाहरू र बालबालिकाका लागि किनेको उपहारको साइकल । यो चाड मात्र होइन, आफ्नै जरासँग जोडिने नेपाली मनको भावनात्मक महायात्रा हो । असोजको बिहानी हावामा अलिअलि चिसो मिसिन थालेको छ । काठमाडौं अझै मस्त निन्द्रामा भएकै बेला गोंगबुको नयाँ बसपार्क भने महाप्रस्थानको केन्द्र बनिसकेको छ । काभ्रे, धादिङ, गोरखा, स्याङ्जादेखि कर्णाली र सुदूरपश्चिमका गाउँगाउँ पुग्ने बसहरू लामवद्ध छन् ।
१८. अन्तर्राष्ट्रिय आयात मेला (सीआईआईई) व्यापार प्रवद्र्धनको महत्वपूर्ण मञ्चः अस्ट्रेलियाली मन्त्री फारेल
अस्ट्रेलियाका व्यापार तथा पर्यटन मन्त्री डन फारेलले चीन अन्तर्राष्ट्रिय आयात मेला (सीआईआईई) अस्ट्रेलियाली व्यवसायहरूको प्रवद्र्धन र बजार विस्तारका लागि ‘अमूल्य अवसर’ भएको बताउनुभएको छ । अस्ट्रेलिया–चीन व्यापार परिषद् (एसीबीसी) द्वारा क्यानबेरामा आयोजित नेटवर्किङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फारेलले चिनियाँ बजार बुझ्न र व्यावसायिक सम्बन्ध सुदृढ बनाउन यो मेला प्रभावकारी माध्यम भएको स्पष्ट पार्नुभयो । आगामी नोभेम्बर ५ देखि १० सम्म चीनको साङ्घाईमा आयोजना हुन लागेको आयात मेलामा अस्ट्रेलियाका झन्डै १९० वटा कम्पनीहरूले सहभागिता जनाउने भएका छन् ।
१९. दक्षिणी लेबनानमा इजरायली आक्रमणको कहरः टुहुरा बालिकाहरूको आश्रयस्थल संकटमा
इजरायली हवाई आक्रमणका कारण दक्षिणी लेबनानको तेब्निनस्थित ‘अल अमिलिया एशोसिएशन फर अर्पण केयर’ मा आश्रित बालिकाहरूको जीवनशैली फेरिएको छ । युद्धको विभीषिकाले उनीहरूको बाल्यकालका खेल र खुशी खोसिनुका साथै संयुक्त राष्ट्रसंघीय अन्तरिम बलको सम्भावित बहिर्गमनले उनीहरूको भविष्यमा थप अनिश्चितता थपेको छ । द्वन्द्वले गर्दा अनाथालयको भवन क्षतिग्रस्त भएपछि त्यहाँ आश्रित बालिकाहरूले आफ्नो सामान्य दैनिकी गुमाएका छन् ।
२०. मलेसियामा घट्दो जन्मदर र बढ्दो मृत्युदरः सन् २०२५ को तथ्यांकले के देखाउँछ ?
मलेसियामा सन् २०२५ मा जीवित जन्म दरमा उल्लेख्य गिरावट आएको छ । मलेसियाको सांख्यिकी विभागले बिहीवार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२५ मा जीवित जन्मको संख्या ४.५ प्रतिशतले घटेर ३ लाख ९६ हजार १७५ मा सिमित भएको छ, जुन अघिल्लो वर्ष ४ लाख १४ हजार ९१८ थियो।विभागले सार्वजनिक गरेको विवरणअनुसार एक वर्षको अवधिमा १८ हजार ७४३ जना कम बालबालिकाको जन्म भएको छ । जन्मदरमा आएको यो गिरावट मलेसियाको जनसांख्यिक संरचनाका लागि चुनौतीका रूपमा हेरिएको छ ।
२१. यमनको अदनस्थित राष्ट्रपति भवनमा हुथी समूहको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
यमनको दक्षिणी बन्दरगाह शहर अदनस्थित राष्ट्रपतीय भवन परिसरलाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको भीषण क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी मुकाम रहेको ‘अल–माशिक’ दरबार परिसरमा बिहीबार उक्त हमला भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यमनका जनस्वास्थ्य तथा जनसंख्या मन्त्री कासिम बुहैबेहकाअनुसार आक्रमणमा ज्यान गुमाउने र घाइते हुनेहरूमा राष्ट्रपति भवन परिसरको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा त्यहाँ कार्यरत निजामती कर्मचारीहरू रहेका छन् ।
२२. सिरियामा तेल तथा ग्यास पाइपलाइनमा दुई छुट्टाछुट्टै दुर्घटनाः आगलागी र ग्यासोलिन चुहावटपछि राजमार्ग बन्द
सिरियाको तेल तथा ग्यास पाइपलाइन प्रणालीमा दुई छुट्टाछुट्टै गम्भीर दुर्घटना भएका छन् । उत्तर–पूर्वी प्रान्त हसाकाहमा ग्यास पाइपलाइनमा भएको विस्फोटपछि भीषण आगलागी भएको छ भने मध्य प्रान्त होम्समा इन्धन चोरी गर्ने उद्देश्यले गरिएको तोडफोडका कारण ठूलो परिमाणमा ग्यासोलिन चुहावट भई प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गर्नुपरेको छ । सिरियाली सरकारी समाचार संस्था सानाकाअनुसार उत्तर–पूर्वी प्रान्त हसाकाहको अल–शद्दादी शहरबाट करिव ६० किलोमिटर टाढा रहेको अल–अरबिदी क्षेत्रस्थित अल–जबसा ग्यास निर्यात पाइपलाइनमा शक्तिशाली विस्फोट भएको हो ।
२३. ह्वाइट हाउस प्रेस सेक्रेटरी केटी जाकारियाको पाँच दिनमै राजीनामा, राष्ट्रपति ट्रम्पद्वारा पुनर्विचारको सुझाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा नियुक्त भएको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जाकारियाले आफ्नो पद छाड्ने संकेत देखिएको छ । सञ्चार माध्यमहरूकाअनुसार जाकारियाले आफ्नो जिम्मेवारी त्याग्ने तयारी गरेकी हुन् । जसलाई राष्ट्रपति ट्रम्पले समेत ‘पुनर्विचार गर्न’ सुझाव दिएका छन् । गत सोमवार मात्रै क्यारोलिन लेभिटको उत्तराधिकारीका रूपमा ह्वाइट हाउसको प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हालेकी जाकारियाले मंगलवार आफ्नो पहिलो पत्रकार सम्मेलन गरेकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij