Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

सुनकोसी नदीमा जीप खस्यो, तीनजनाको मृत्यु, तीन बेपत्ता

सुनकोसी नदीमा जीप खस्यो, तीनजनाको मृत्यु, तीन बेपत्ता


  • 288
    Shares

    सुनकोसी नदीमा जीप खस्यो, तीनजनाको मृत्यु, तीन बेपत्ता
    images

    काठमाडौं । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ । 

    जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।

    आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो । दुर्घटनामा घाइते भएका चालकसहित चारजनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८३ आइतवार - ०८:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij