Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

आज कालीमाटीमा घट्यो आलुको मूल्य, कुन तरकारी तथा फलफुलको भाउ कति ?

आज कालीमाटीमा घट्यो आलुको मूल्य, कुन तरकारी तथा फलफुलको भाउ कति ?


  • 1.8K
    Shares

    आज कालीमाटीमा घट्यो आलुको मूल्य, कुन तरकारी तथा फलफुलको भाउ कति ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज आलुको मूल्य केही घटेको छ। तर, च्याउसहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७५, टनेलको सानो गोलभेँडा ८५, रातो आलु ३५, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, लोकल बन्दा ५०, स्थानीय काउली ५१, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८४, तने बोडी १६०, मकै बोडी ६७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि करेला १२६, लौका ६३, लोकल परबल ९०, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ ३२८, कुरिलो ११०० र ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ९१, रातो आलु ४०, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, लोकल बन्दा ५०, स्थानीय काउली ५०, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १६०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरि करेला १२५, लौका ७०, लोकल परबल ९५, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २८०, कुरिलो ११०० र ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - १०:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij