Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आफ्नै हजुरआमाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा २२ वर्षको नाती पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा २२ वर्षको नाती पक्राउ


  • 827
    Shares

    आफ्नै हजुरआमाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा २२ वर्षको नाती पक्राउ
    images

    कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन्। 

    पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो। 

    प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको हो। 

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वृद्धाको हत्यापछि कानमा लगाएको गहना पनि लुटिएको थियो। त्यो गहनासहित आशिषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    पक्राउ परेका आशिषको साथबाट सुनजस्तो देखिने पहेँलो रङको कानमा लगाउने दुई थान रिङ, तौल ७२ लालको साना मुन्द्राहरु चार थान र घटनामा प्रयोग भएको बञ्चरो र चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ।

    हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले जानकारी दिए।

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - ०७:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij