Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


  • 13.3K
    Shares

    महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । 

    केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ  महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालले जानकारी दिइन् । 

    महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले असन्तुष्टि जनाएका छन् । आगामी फागुनमा पार्टीको महाधिवेशन गर्ने भनिएपनि कोरोना भाइरसको संक्रमण र जोखिमका कारण केहि पर धकेलिन सक्ने कांग्रेसले जनाएको छ । 

    आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने अनुमान गरिएको छ ।  पार्टीमा मनोमानी बढेको भन्दै वरिष्ठ नेता पौडेलसहितका २७ जना केन्द्रिय सदस्यले देउवाविरुद्ध लिखित रुपमै विरोध जनाएका छन् ।

    विरोधपत्रबारे सभापतिले उचित सम्बोधन नगरेको भन्दै आजको बैठकमा यहि विषय बुलन्द रुपमा उठाउने पौडेल पक्षका नेताहरुले तयारी गरेका छन् । 

    केन्द्रिय समिति बैठक नै धकेलेर केहि दिन अघि संस्थापन र इतर पक्ष बीचको असहमतिबारे छलफल भएपनि सभापति देउवाले अडान नछाडेको पौडेल समूहका नेताहरुले बताएका छन् । 

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ११:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij