२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नेता भीम रावलको स्ट्याटसमा आक्रोश व्यक्त गरेका छन् ।
वीरगंजमा नागरिकता लिनेको भिड लागेको भन्ने रावलको स्ट्याटसमा सांसद यादवले कोरोना महामारीका कारण सबै सरकारी कार्यालय बन्द रहेको र नागरिकताजस्तो संवेदनशिल विषयमा भद्धा मजाक गरेकोप्रति कटाक्ष गर्दै सांसद यादवले आक्रोश व्यक्त गरेका हुन् ।
भीम रावलले भनेका छन्- “विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि रु नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !”
भीम रावलको यो स्ट्याटसमा संसद यादवले विरगंजका नागरिकहरु जीवन र मृत्युसँग जुझिरहेका बेला स्थानीय प्रशासनले महिनौ देखी निषेधाज्ञा लगाएको बेला जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालय बन्द रहदा कुन कार्यालयबाट नागरिकता वितरण भईरहेको छ भिम रावल जी ? भन्दै प्रश्न गरेका छन् ।
संसद यादवको रिप्लाई “माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन । नागरिकको गरिमा बुझेर बोलेकोभए राम्रो हुन्थ्यो । म वीरगंजबाट निर्वाचित सांसद हुँ । वीरगंज अहिले कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना ले गर्दा यहाँको नागरिकको ज़्यान दैनिक रूपमा गईरहेको छ यहाँको अवस्था अत्यन्तै जटिलरभयावह छ । यहाँको नागरिक जीवन र मृत्युसँग जुधिरहेका छन् । र यहाँका स्थानीय प्रशासनले महिनौँ देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू बन्द रहेको छ। सवै कार्यालय बन्द रहदा कुन कार्यालयबाट नागरिकता वितरण भईरहेको छ भिम रावल जी रु तपाईं जस्तो बौद्धिकता भएको मान्छे भ्रम फैलाउछ भने मलाई लागेको थिएन ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij