२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन लगायत समसामयिक विषयमा छलफल पूर्व सभामुखहरुलाइ बोलाएका छन् ।
यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल गर्न पूर्व सभामुखहरुलाई बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । छलफल आज दिउसो १ बजे सभामुखको सचिवालयमा हुने छ ।
२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।सभामुखले संसद अधिवेशन आव्हान गर्ने सुझाब दलहरुले दिइरहदा सापकोटाले पूर्वसभामुखहरुसँग परामर्श गर्न लागेका हुन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij