२०८२ भाद्र ४ गते बुधवार
नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ । उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो।
नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको एक स्थायी समिति सदस्यले बताए।
नेपाल १५ वर्षसम्म एमाले पार्टी प्रमुख रहेका नेता हुन् भने खनाल पनि एक कार्यकाल पार्टी अध्यक्ष भएका व्यक्ति हुन्। बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।
उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्। आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सो बैठकले थप १२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij