Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : वरिष्ठ नेता खनाल

प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : वरिष्ठ नेता खनाल


  • 7.0K
    Shares

    प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : वरिष्ठ नेता खनाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् ।

    शनिबार खनालले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताएका हुन् ।

    उनले यस्तो कदमलाई कदापी क्षमा गर्न नसकिने बताए । खनालले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई संविधान विरोधी, प्रतिगामी र तानाशाही कदम भएको टिप्पणी गरेका छन् ।

    ‘यो संविधान विरोधी, प्रतिगामी र तानाशाही कदम हो,’ उनले लेखेका छन्, ‘यस कदमको म घोर भत्र्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

    प्रकाशित मिति :जेठ ८ २०७८ शनिवार - १३:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij